जसपाले टिकट नदिने भएपछि निवर्तमान मेयर माओबादी केन्द्र प्रवेश गर्दै ।
राजबिराज बैसाख १० ।
आफ्नै निर्वाचन क्षेत्र समेत पर्ने राजबिराज नगरपालिकाका निवर्तमान मेयर शम्भु प्रसाद यादवले जसपा परित्याग गरी नेकपा माओबादी केन्द्र प्रवेश गर्ने तयारी गरे सँगै जसपा अध्यक्ष उपेन्द्र यादव आफ्नै चुनाव क्षेत्रमा संकटमा परेका छन् ।
आगामी कार्यकालको लागि आफ्नै माऊ पार्टी जनता समाजबादी पार्टीका तर्फ बाट मेयर पदमा पुनः दोहोरिने आकांक्षा सहित हिजो मात्र राजिनामा दिएका राजबिराज नगरपालिकाका निवर्तमान प्रमूख शम्भु प्रसाद यादव आफूलाई जसपाले टिकट नदिई अघिल्लो चुनावका निकटतम् प्रतिद्वन्दी रहेका भिमराज यादवलाई टिकट दिने भए पछी जसपा नै परित्याग गर्न लागेको श्रोतको दावी छ ।
राजबिराज नगरपालिकाका निवर्तमान मेयर शम्भु प्रसाद यादव
राजपा बाट साइकल चुनाव चिन्ह लिएर मेयर पद जितेका शम्भु यादव पार्टी एकिकरण पछि जसपा अध्यक्ष उपेन्द्र यादव निकट निकट मानिंदै आएका थिए । पार्टी अध्यक्ष यादवले ठेक्केदार छवीका भिमराज यादव लाई अघि सारे पछी पार्टी र अध्यक्ष प्रती चिढिएका उनी आफू निटक बाह्र जना वडाध्यक्ष सहित नेकपा माओबादी केन्द्र प्रवेश गर्न लागेको एक बिश्वस्त श्रोतले बतायो । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा निवर्तमान मेयर सँगै माओबादी प्रवेशको तयारी गरेका एक वडाध्यक्षले बताए अनुसार उपेन्द्र यादवले आफूहरुले पार्टीलाई गरेको त्याग लाई वेवास्ता गर्दै केवल पैसैको लागि ठेक्केदार समेत रहेका भिमराजलाई टिकट दिने निर्णय गरेकोले आफूहरु अब जसपा सँग आवद्ध रही रहन नसक्ने बरु आफ्नो कामको मुल्यांकन गर्ने माओबादी पार्टी प्रवेश गर्न लागको र यसका सम्बन्धमा अहिले घनिभूत छलफल चलिरहको बताए ।
पाँच दलिय गठबन्धनको एउटा घटक जसपा अध्यक्षको क्षेत्र समेत रहेको राजबिराजको मेयरमा सो पार्टीले भिमराज यादव लाई अघि सारे सँगै नेकपा माओबादीले पनि पूर्व मेयर शम्भु यादवलाई उमेद्वार बनाउने निश्चित प्राय छ । यता नेकपा एकिकृत समाजबादीले पनि आफ्नै उमेदवार उठाउने निर्णय गर्न लागे सँगै जिल्लामा गठबन्धन सहित चुनावमा जाने सत्ता साझेदार पाँच दलिय गठबन्धनको सहमती तुहिने सम्भावना बढेको देखिन्छ ।
मओबादी केन्द्र सप्तरीका नेता उमेश यादव र अमर मण्डल निकट समेत रहेका ति श्रोतका अनुसार निवर्तमान मेयर यादव र मओबादी उच्च तह सँग मेयर पदमा उमेद्वार बनाउने सन्दर्भमा ब्यापक छलफल चलि रहेको र निर्णनै भई नसकेको भए पनि छलफल सकारात्मक बन्दै गएको दावी छ । यदी निवर्तमान मेयर शम्भु यादव माओबादी केन्द्रका तर्फबाट टिकट पाई मेयर पदमा बिजयी भएमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई संसदिय चुनावमा समेत गाह्रो हुने श्रोत बताउँछ ।
कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको... १४ मंसिर २०८०, बिहिवार
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धुवाडीपुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भ... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगा... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।
पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म... १४ मंसिर २०८०, बिहिवार
रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर... १४ मंसिर २०८०, बिहिवार