इजरायल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास) बीच युद्धको केन्द्रबिन्दु बनेको गाजाको सबैभन्दा ठूलो अल–शिफा अस्पतालबाट उद्धार गरिएका महिना नपुग्दै जन्मिएका २९ शिशुलाई सोमबार इजिप्ट ल्याइपुरयाइएको इजिप्टका सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायलले उक्त अस्पतालको मुनि सुरुङमा हमासको अखडा रहेको हुनसक्ने भन्दै अस्पताल खाली गर्न निर्देशन दिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार ‘डेथ जोन’ को संज्ञा दिएको अल–शिफा अस्पतालबाट ती शिशुलाई उद्धार गरी इजिप्ट ल्याएको हो ।
इजिप्टको सरकारी सञ्चारमाध्यम अल–काहेरा न्यूजका अनुसार ती बच्चाहरू इजरायलको नियन्त्रणमा नरहेको प्यालेस्टाइनी क्षेत्रमा प्रवेश गर्ने र बाहिरिने एक मात्र नाका राफा क्रसिङ हुँदै इजिप्ट आइपुगेका हुन् ।
सुरुमा ३१ जना बच्चालाई अल–शिफाबाट गाजाको अर्को क्लिनिकमा लगिएको र २९ जना मात्र इजिप्ट किन आए भन्ने बारे तत्काल स्पष्ट हुन सकेको छैन ।अल काहेरा न्यूजका अनुसार सोमबार स्थानान्तरण गरिएका शिशुलाई ‘ब्याबी इन्क्युबेटर’मा राखिएको छ ।
यसैबचि गाजा पट्टीबाट ४५ किलोमिटर पश्चिममा रहेको एल अरिश अस्पतालमा पुर्याइएका सबै शिशुको उपचार हुन नसक्ने एक चिकित्सकीय स्रोतले बताएको छ ।
'एल अरिश अस्पतालमा पर्याप्त ‘इन्क्युबेटर’ छैनन् र केही बच्चालाई इस्माइलिया वा कायरोमा स्थानान्तरण गर्नुपर्ने देखिएको छ,' स्रोतले भनेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले संयुक्त राष्ट्रसङ्घ र प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीको संयुक्त पहलमा ३१ शिशुलाई सारिएको बताएका छन् ।
रेड क्रिसेन्टले भनेको छ, 'चिकित्सकीय सामग्रीको अभाव र अल–शिफा अस्पतालमा सङ्क्रमण नियन्त्रणका उपायहरू जारी राख्न असम्भव भएका कारण सबै बच्चाहरू गम्भीर सङ्क्रमणसँग लडिरहेका छन् ।'
हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले कुनै पनि शिशु परिवारका सदस्यसँग नरहेको डब्लुएचओले प्रारम्भिक उद्धारका क्रममा जनाएको छ ।
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धुवाडीपुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भ... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगा... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।
पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म... १४ मंसिर २०८०, बिहिवार
रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी... १४ मंसिर २०८०, बिहिवार