Sanchar Sandesh - asataralyalii-vashavakapa-karakataka-upathha
खेलकुद

अस्ट्रेलियालाई विश्वकप क्रिकेटको उपाधि

28 share
अस्ट्रेलियालाई विश्वकप क्रिकेटको उपाधि

काठमाडौं । भारतलाई पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी मैदानमा घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैटौँ पटक उपाधि जितेको हो । अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा २४१ रनको लक्ष्य पूरा गरेको हो ।

अस्ट्रलियाको जितमा ट्रेभिस हेड नायक बने । २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि हेडले १३७ रन बनाए । यस्तै मार्नस लाबुसांगेले नटआउट ५८ रन बनाए ।

यी दुईबीचको साझेदारीले अस्ट्रेलियालाई छैटौँपटक विश्वविजेता बनायो । भारतका लागि जसप्रित बुमराहले दुई विकेट लिए भने प्रतियोगितामा सर्वाधिक २४ विकेट लिएका मोहम्मद शामी र मोहम्मद सिराजले एक विकेट लिए । यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिएपछि भारत ५० ओभरमा २४० रन बनाउँदा अलआउट भएको थियो ।

टस जितेका अस्ट्रेलियाका कप्तान पाट कमिन्सले पहिला बलिङको निर्णय लिएका थिए । जुन सही सावित भयो । प्रतियोगितामा भारत लगातार १० खेल जितेर फाइनलमा हारेको छ भने अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हार व्यहोरेको थियो ।

यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । यसअघि भारत र अस्ट्रलियाबीच २००३ मा पनि फाइनलमा भिडन्त भएको थियो । जसमा अस्ट्रेलियाले जित हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
थप समाचार
राजनीति

एकीकृत समाजवादीले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म...

समाचार

कोप-२८ मा सम्बोधन होला त नेपालजस्ता देशको माग ?

रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर...

मिसन २०८४

सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने हो

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी...

समाचार

चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ सुरु

काठमाडौँ । उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडामा बिहीबारदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ ग...

राजनीति

अब हामी फेरि कसैको दास हुन सक्दैनौंः अध्यक्ष ओली

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम भइरहेको बताएका छन् ।

बिही...