सुनसरी । आफ्नो सेवाग्राही ग्राहकसँग संस्थामा बुझाउनु पर्ने किस्ताको विषयमा भनाभन हुँदा एनआइसी एशिया लिमिटेडका कर्मचारीले महिलामाथि हातपात गरी अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । सुनसरीको दुहबीस्थित एक पसलमा नियमित किस्ता उठाउन आएका एनआइसी एशियाका कर्मचारीले महिलामाथि एक्कासी हातपात गरेको, ग्राहकलाई कुटेर घाइते बनाएको, ग्राहकमाथि अशोभनीय भाषाले छाडा शव्दमा गाली गरेको लगायतका विषयमा प्रहरीमा उजुरी परेको हो ।
घटनाको यथार्थ केहो ?
लघुबित्तीय संस्थाका कर्मचारी ग्राहकको पसलमा प्रवेश गरी किस्ताका विषयमा कुराकानी गर्दैगर्दा अचानक स्थिति असहज भएको हो । ग्राहकको पसलमा रहेको सिसिटिभीमा क्याप्चर भएको सिसिटिभी फुटेज हेर्दा एनआईसी एशियाका कर्मचारी र ग्राहकबीच हात हालाहाल भएको देखिन्छ । एनआईसी एशियाका कर्मचारीले विना अनुमति ग्राहकको भिडियो खिच्न थालेपछी स्थिति असहज भएको प्रत्यक्षदर्शीहरुको भनाई छ । पछि बैंकका कर्मचारीले संस्थाका महिला ग्राहकलाई भकाभक कुटेको देखिन्छ भने त्यसपछी ग्राहकले कर्मचारीलाई
जुत्तैजुत्ताले हानेको देखिन्छ । समयमा किस्ता तरिरेको भन्दै एनआइसी एशियाका कर्मचारीले अश्वील शब्दमा गालीसमेत गरेको पीडीतको आरोप छ ।
पसलका संचालकले लिएको ऋणको किस्ता उठाउने भन्दै एनआईसी एशिया ३ जना कर्मचारी सो पसलमा गएको उक्त भिडियोमा स्पष्ट देखिएको छ । सुरुमा सामान्य कुराकानी गरेको देखिएपनि पछि भने एक्कासी कुटाकुटको माहोल सिर्जना भएको छ ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने एनआइसी एशियाका कर्मचारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडि बढाइने प्रहरीको भनाई छ । ग्राहकले पहिला आफुमाथी कुटपिट गरेकाले आफुले पनि प्रतिकारमा ग्राहक कुटेको एनआईसीका कर्मचारीले स्वीकार गरेका छन् भने किस्ताको विषयलाई लिएर एनआईसीका कर्मचारीले महिलामाथि हातपात गरेको उजुरीकर्ताको आरोप छ ।
यता एनआइसी एशिया लघुविँत्तीय संस्थाका कुनै व्यक्ति यस विषयमा आफनो कुनै प्रतिक्रिया दिन मानिरहेको छैनन ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।
पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म... १४ मंसिर २०८०, बिहिवार
रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडामा बिहीबारदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ ग... १४ मंसिर २०८०, बिहिवार
बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम भइरहेको बताएका छन् ।
बिही... १४ मंसिर २०८०, बिहिवार