Sanchar Sandesh - gada-maraeka-ghatana-chhanabna-garana-tal-catavanama
आफ्नै बारेमा

गैँडा मारिएको घटना छानबिन गर्न टोली चितवनमा

22 share
गैँडा मारिएको घटना छानबिन गर्न टोली चितवनमा

 

चितवन । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्यसम्मिलित टोलीले चितवन आएर स्थलगत रुपमा काम थालेको हो ।


उपमहानिर्देशक ढकालका अनुसार शनिबार घटनास्थलमा पुगेर सूष्मरुपमा अध्ययन गरिएको छ । आज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलगायत सरोकारवालासँग छलफल गरिँदै छ । मध्यवर्तीको नियमित बैठक भएकाले बैठकमै पुगेर छलफल गरिने उनले जानकारी दिए । यसका अतिरिक्त अन्य सरोकारवाला निकायसँग छलफल अगाडि बढाइने उनको भनाइ छ । ढकालले भने, “हामी सूष्मरुपमा अध्ययन र छलफल गरेर प्रतिवेदन तयार गर्छाैं ।”


चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृतसमेत रहेका ढकाललाई यहाँको वस्तुस्थितिबारे धेरै ज्ञान छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी गएको शुक्रबार समिति बनाएको थियो ।


समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत छन् । 


आवश्यक प्रमाण सङ्कलन गरी भएका कमीकमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने उपमहानिर्देशक ढकालले बताए । राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एक सिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानबिन गर्न समिति बनाइएको हो ।


बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै ६ र १८ वर्षका पोथी गैँडा मरेको अन्दाजी तीन र दश दिनमा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
थप समाचार
आफ्नै बारेमा

मोटरसाइकल दुर्घटनामा परी मकवानपुरमा एकै परिवारका तीनजनाको मृत्यु

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धुवाडीपुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भ...

राजनीति

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँः सांसद राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगा...

राजनीति

एकीकृत समाजवादीले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म...

समाचार

कोप-२८ मा सम्बोधन होला त नेपालजस्ता देशको माग ?

रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर...

मिसन २०८४

सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने हो

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी...