Sanchar Sandesh - haraeka-lkha-brabraka-samana-paraharathavara-samabnathhata-vayakatalii-hasatanataranae
आफ्नै बारेमा

हराएका ४० लाख बराबरका सामान प्रहरीद्वारा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

11 share
हराएका ४० लाख बराबरका सामान प्रहरीद्वारा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

 

काठमाडौँ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका ४० लाखभन्दा बढीका  सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । साउनदेखि हालसम्म एक सय ३३ जनाले गाडीमा सामान हराएको भन्दै निवेदन दिएका थिए । 


प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार निवेदनका आधारमा ९९ जनाको धनमाल खोजी गरी सम्बन्धितलाई बुझाइएको छ ।  आफ्नो धनमालको सुरक्षा गर्न र सवारी साधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन अनुरोध गरेका छन् ।


काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले सवारी साधनमा छुटेको धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ ।


पछिल्लो पटक भने हिजो मात्रै काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । 


जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा२ज ३४५३ नम्बरको ट्याक्सीमा करिब सात तोला बराबरको सुन र चार तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी सङ्गीता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन् । 


प्राप्त खबर तथा लिखित निवेदनको आधारमा ट्राफिक प्रहरीले सिसीटिभी क्यामेराको सहायतामा खोजी गरिरहेको समयमा ट्याक्सी चालक रोशन वयलकोटी स्वयं सुनका गहना बुझाउन ट्राफिक प्रहरी वृत्त गौशालामा पुगे । त्यसपछि प्रहरीले उक्त सामान धनीलाई बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
थप समाचार
राजनीति

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँः सांसद राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगा...

राजनीति

एकीकृत समाजवादीले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म...

समाचार

कोप-२८ मा सम्बोधन होला त नेपालजस्ता देशको माग ?

रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर...

मिसन २०८४

सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने हो

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी...

समाचार

चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ सुरु

काठमाडौँ । उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडामा बिहीबारदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ ग...