हिजो आज बिभिन्न सामाजिक सञ्जाल, युटुव भिडियो तथा बिभिन्न बिद्युतिय सञ्चारका माध्यमहरुमा देखिने शिर्षक हुन यीनीहरु ।
अत्यधिक 'भ्युज' आउने लोभमा आकर्षक र सनसनीपूर्ण 'थम्बनेल' राखेर युटुवमा राखिएका यस्ता शिर्षकका बिषयबस्तु मा कतीको सत्यता छ त ?
के बास्तबमा जो कोहीले पनि सम्मोहन कला सिक्न सक्छन ?
अथवा सम्मोहन कलाबाट अरुलाई सजिलै बस मा पार्न सकिन्छ ?
के पुर्व जन्म बारे जो कोहीले पनि जान्न सक्छन ?
अथवा आफ्नो पूर्व जन्मका कुनै कुराले यो जन्मका हामीलाई असर गरिरहेको हुन्छ, भन्ने कुरामा सत्यता छ ?
वा सम्मोहन बाट प्रशस्त पैसा कमाउन सकिन्छ ?
यीनै प्रश्नको सेरोफेरोमा रहेर हामीले एक जना सम्मोहन बिशेषज्ञ (हिप्नोटिष्ट) सँग कुराकानी गरेका थियौं ।
काठमाण्डौंको बालाजु माछापोखरी क्षेत्रमा रहेको ओम हिप्नोसिस एकाडेमीका सञ्चालक हिप्नोटिष्ट रुपक बस्नेतको भनाईमा प्रचिन योगी सन्यासीहरुले बर्षौंको तपस्या बाट प्राप्त गरेको सम्मोहन कला आधुनिक युगमा पनि 'एग्जिष्ट' गर्छ । थोरै साधना र सिकाई बाट जो कोहीले पनि बेसिक सम्मोहन कला सिक्न सक्छ । यसका बिधीहरु अनेकन छ्न् जसका माध्यम बाट मानिसको अवचेतन मन भित्र पुग्न सकिन्छ ।
आफूले गर्ने र सिकाउने सम्मोहन कला लाई एउटा उपचार थेरापी भन्न रुचाउने बस्नेतको कुरालाई आधार मान्ने हो भने, बिशेषत एन्जाइटी, डिप्रेसन, डर, साइक्याट्री डिसअडर, अनिन्द्रा वा मेडिकल साइन्सले पत्ता नलगाएका तर मान्छेले भोगी रहेको वा अनुभव गरी रहेको रोग वा समस्याका बारेमा सम्मोहन कला र पूर्व जन्मको यात्राबाट पूर्ण रुपमा निको बनाउन सकिन्छ ।
ब्यक्तिगत गोपनियतालाई प्राथमिकता दिने उनले नाम र अनुहार गोप्य राखेर आफूले उपचार गरेका अनेकन प्रमाणहरु उपलब्ध गराए ।
माथीका प्रशंगमा हामीले उनीसँग भिडियो अन्तरवार्ता लिएका थियौं । प्रस्त्तुत छ, उनी सँगको अन्तरवार्ताको मुख्य अंशहरु ।
सुन्दा फिल्मी लाग्ने यस्ता कैयन तथ्यहरु बारे अन्तरवार्ताको क्रममा हिप्नोटिष्ट बस्नेतले स्पष्ट पारेका छन् ।
पूर्ण भिडियो अन्तरवार्ता हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।
समग्रमा नेपाल सरकारका तालुक बिभागमा बिधिबत दर्ता गरेर काठमाण्डौका धेरै ठाऊँमा सञ्चालनमा रहेका यस्ता एकाडेमीहरुमा बिभिन्न स्वास्थ्य समस्या बोकेर आउने 'क्लाइन्टहरु' दिन दिनै बढ्नुले पनि सम्मोहन र पूर्वजन्म उपचार बिधी प्रति बिश्वास बढ्दै गरेको स्पष्ट छ ।
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धुवाडीपुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भ... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगा... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।
पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म... १४ मंसिर २०८०, बिहिवार
रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी... १४ मंसिर २०८०, बिहिवार