Sanchar Sandesh - napalyanaka-tapa-karadama-bkara
बिदेश

नेपोलियनको टोपी २७ करोडमा बिक्री

21 share
नेपोलियनको टोपी २७ करोडमा बिक्री

बीबीसी । नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । पेरिस अक्सनका क्रममा १९ औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको 'ह्याट’ २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो ।

जुन नेपाली रुपैयाँ २७ करोड ८६ लाख बराबर हुन्छ । अधिकांश समय उनले लगाउने गरेको यो विशेष किसिमको सैनिक टोपीको मूल्याङ्कन ६ लाख देखि आठ लाख युरो गरिएको थियो । यो टोपी किन्ने व्यक्तिले आफ्नो परिचय सार्वजनिक गरेका छैनन् ।

इतिहासकारहरूले यो टोपी उनको ब्रान्ड जस्तै बनेको बताएका छन् । नेपोलियनले यसलाई ढल्काएर लगाउँथे र युद्धका क्रममा उनलाई टाढैबाट पहिचान गर्न सकिन्थ्यो । उनले आफ्नो जीवनकालमा १२० वटा जति यस्ता टोपी प्रयोग गरेका थिए ।

यद्यपि त्यसमध्ये २० वटा मात्रै बाँकी रहेको र अधिकांश निजी सङ्कलनमा रहेको बताइन्छ । गतवर्ष मृत्यु भएका एक जना उद्योगपतिले सङ्कलन गरेका नेपोलियनसँग सम्बन्धित स्मरणीय सामग्रीहरूसँगै यो टोपी पनि बिक्रीका लागि राखिएको थियो ।

यसको बिक्रीमा संलग्नहरूले यो टोपी खास रहेको र पाउन कठिन रहेको बताएका थिए । नेपोलियनले यो टोपी लगाउने शैली पनि उनका अन्य अफिसरहरूले लगाउने भन्दा भिन्नै हुने गर्थ्यो ।

दुई तर्फ चुच्चो परेको र त्रिरङ्गी ब्याच भएको फ्रान्सेली शासकको उक्त 'ब्ल्याक बिभर' ह्याट फ्रान्सको प्यारिस स्थित ओसेनट अक्सन हाउसमा बिक्रीका लागि राखिनु अघि प्रदर्शनीमा राखिएको थियो ।

यसका बिक्रीकर्ताहरूले नेपोलियनको दरबारमा क्वार्टरमास्टर भएर काम गरेका व्यक्तिको परिवारमा यो दुर्लभ टोपी १९ औँ शताब्दीभरि रहेको बताएका छन् । यो टोपी बिक्रीका लागि राखिएको ओसेनट अक्सन हाउसमा सन् १८१५ मा नेपोलियनले भूमध्यसागर पार गर्ने क्रममा लगाएको कोकेड पनि टाँसिएको छ।

उनी त्यसबेला हाल इटलीमा रहेको एल्बामा निर्वासन बिताएर फ्रान्सको एन्टिब फर्किएका थिए र छोटो समय सत्तामा पनि रहेका थिए । यहाँ बिक्रीमा राखिएका अन्य सामग्रीहरूमा सन् १८१५ मा वाटरलूमा उनी पराजित भएपछि नेपोलियनको बग्गीबाट लुटिएको रजत प्लेट, उनको एउटा काठको कन्तुर, दाँत माझ्ने चाँदीको ब्रस, कैँची र अन्य सामग्रीहरू छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
थप समाचार
आफ्नै बारेमा

मोटरसाइकल दुर्घटनामा परी मकवानपुरमा एकै परिवारका तीनजनाको मृत्यु

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धुवाडीपुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भ...

राजनीति

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँः सांसद राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगा...

राजनीति

एकीकृत समाजवादीले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म...

समाचार

कोप-२८ मा सम्बोधन होला त नेपालजस्ता देशको माग ?

रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर...

मिसन २०८४

सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने हो

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी...