काठमाडौँ । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद २ः भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो ।
निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए । उनले भने, 'हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौँ । यद्यपि दोस्रो शृङ्खलाले उब्जाएका प्रश्नलाई सम्बोधन गर्न पनि घोषणा गरेका हौँ । यो आउँदो वर्ष नै प्रदर्शनमा आउँछ ।'
लेखक खगेन्द्र लामिछानेले तेस्रो शृङखला शीर्ष भूमिका निर्वाह गर्दैछन् । 'कथा लेखन र अभिनयमा मात्र म व्यस्त छु । दोस्रो शृङ्खलाको क्रममा चलचित्र भवन पुग्दा पशुपति प्रसाद कहिले हेर्न पाइन्छ ? भन्ने दर्शकले जिज्ञासा राख्नु हुन्थ्यो । त्यसैले हामीले यसलाई निरन्तरता दिने योजना अनुरुप घोषणा गरेका हौँ', अभिनेता लामिछानेले भने ।
रोजिना सिटौलाले निर्माण गर्ने उक्त चलचित्रमा शृङ्खलाका कलाकारसँगै नयाँ पनि थपिने उनले जानकारी दिए । यसअघि यो समूहले ‘पशुपति प्रसाद’, ‘धनपति’, ‘पशुपति प्रसाद २ः भष्मे डन’ निर्माण गरेको थियो ।
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धुवाडीपुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भ... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगा... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।
पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म... १४ मंसिर २०८०, बिहिवार
रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर... १४ मंसिर २०८०, बिहिवार
काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी... १४ मंसिर २०८०, बिहिवार