Sanchar Sandesh - saralhaka-gadaka-thakakarabta-chhathaka-bratalka-mataya
प्रदेश

सर्लाहीमा गाडीको ठक्करबाट छठका बर्तालुको मृत्यु

23 share
सर्लाहीमा गाडीको ठक्करबाट छठका बर्तालुको मृत्यु

 

मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा सोमबार बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ ।  


पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिए । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गरेकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।


महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएका  प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।


बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ । सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पुर्याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
थप समाचार
राजनीति

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँः सांसद राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगा...

राजनीति

एकीकृत समाजवादीले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म...

समाचार

कोप-२८ मा सम्बोधन होला त नेपालजस्ता देशको माग ?

रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर...

मिसन २०८४

सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने हो

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी...

समाचार

चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ सुरु

काठमाडौँ । उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडामा बिहीबारदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ ग...