Sanchar Sandesh - tarabhavana-vamanasathalbta-thaii-kal-kakanasahata-eka-mahal-pakarau
आफ्नै बारेमा

त्रिभुवन विमानस्थलबाट दुई किलो कोकिनसहित एक महिला पक्राउ

14 share
त्रिभुवन विमानस्थलबाट दुई किलो कोकिनसहित एक महिला पक्राउ

 
काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित सोमबार एकजना भारतीय महिलालाई पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए । उनले भने, “पक्राउ परेकी निज महिला इथियोपियाबाट गएराति कतारको दोहा हुँदै आज काठमाडौँ विमानस्थलमा ओर्लिएकी र काठमाडौँबाट भूटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको हो ।”
 
पक्राउ परेकी  महिलाका साथबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
थप समाचार
आफ्नै बारेमा

मोटरसाइकल दुर्घटनामा परी मकवानपुरमा एकै परिवारका तीनजनाको मृत्यु

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धुवाडीपुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भ...

राजनीति

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँः सांसद राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगा...

राजनीति

एकीकृत समाजवादीले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म...

समाचार

कोप-२८ मा सम्बोधन होला त नेपालजस्ता देशको माग ?

रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर...

मिसन २०८४

सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने हो

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी...