Sanchar Sandesh - tavacaka-saha-sasathapaka-emamata-sayara-opanaeaaiika-naya-saioma-nayakata
बिदेश

ट्विचका सह–संस्थापक एम्मेट सियर ओपनएआईको नयाँ सिइओमा नियुक्त

10 share
ट्विचका सह–संस्थापक एम्मेट सियर ओपनएआईको नयाँ सिइओमा नियुक्त

 

ट्विचका सह–संस्थापक एम्मेट सियरले ओपनएआईको नयाँ प्रमुख कार्यकारी (सिइओ) का रूपमा आफ्नो नियुक्ति पुष्टि गरेका छन् । एआई फर्मले साम अल्टम्यानलाई सिइओबाट बर्खास्त गरेको केही दिनपछि सोमबार सियरले आफ्नो नियुक्ति पुष्टि गरेका हुन् । 


“आज मलाई एउटा फोन आयो, फोनमा मलाई ओपनएआईको अन्तरिम सिइओ बन्नका लागि जीवनमा एक पटक प्राप्त हुने अवसरमाथि विचार गर्नका लागि आमन्त्रण गरियो, मेरो परिवारसँग परामर्श गरेपछि र केही घन्टासम्म विचार गरेपछि मैले उक्त पद स्वीकार गरेँ”, उनले लेखेका छन् ।


कम्पीबाट अन्य उच्च प्रोफाइलको प्रस्थानका साथै सह–संस्थापकलाई फिर्ता ल्याउनका लागि प्रमुख लगानीकर्ताहरूको दबाबमा ओपनएआईको बोर्डले शुक्रबार आफ्ना पूर्वसिइओ अल्टम्यानलाई बर्खास्त गरेको थियो । 


आफ्नो पोस्टमा सियरले अल्टम्यानलाई सुरक्षा चिन्ताका कारण बर्खास्त गरिएको थियो भन्ने कुरालाई अस्वीकार गरेका  छन् । “काम लिनुअघि मैले परिवर्तन पछाडिको तर्कको जाँच गरेँ, बोर्डले सुरक्षामाथि कुनै विशेष असहमितका कारण सामलाई हटाएको होइन, बोर्डको तर्क त्योभन्दा बिलकुल फरक थियो”, उनले लेखेका छन्, “हाम्रा उत्कृष्ट मोडेलहरूको व्यापारिकरणका लागि बोर्डको समर्थनबिना यो काम लिन म पागल छैन ।”


सियरको पोस्टभन्दा एक घन्टाअघि माइक्रोसफ्टका सिइओ सत्य नाडेलाले आफूले विश्वव्यापी प्रविधि कम्पनी माइक्रोसफ्टमा एआई अनुसन्धान टोलीको नेतृत्व गर्न अल्टम्यानलाई नियुक्त गर्न गइरहेको बताएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
थप समाचार
आफ्नै बारेमा

मोटरसाइकल दुर्घटनामा परी मकवानपुरमा एकै परिवारका तीनजनाको मृत्यु

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धुवाडीपुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भ...

राजनीति

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँः सांसद राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगा...

राजनीति

एकीकृत समाजवादीले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म...

समाचार

कोप-२८ मा सम्बोधन होला त नेपालजस्ता देशको माग ?

रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर...

मिसन २०८४

सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने हो

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी...