Sanchar Sandesh - yasakaranae-sahakarama-pasa-rakhana-chhada-shahara-bjaraka-vayaparahanprl
आर्थिक/कुटनीति

यसकारण सहकारीमा पैसा राख्न छाडे शहर बजारका व्यापारीहरूले

4215 share

काठमाण्डौं ।बित्तीय कारोवार गर्ने सहकारीहरूले बजार प्रतिनिधि राखेर दैनिकी रूपमा पसल पसलमा गएर पैसा संकलन गर्ने गर्छ । केही महिना अघिसम्म दैनिक दुई लाख रकम संकलन गर्ने बजार प्रतिनिधिहरूलाई अहिले पन्ध्र हजार उठाउन पनि निकै धौधौ छ । शहर बजारका धेरै व्यापारीहरूले सहकारीमा पैसा राख्न छोड्दा उनीहरूले  दैनिक उठाउने गरेको रकम उल्लेखनीय रुपमा घटेको हो । 

मुलुकको आर्थिक संकट र तरलता बढेको थाहा पाइसकेका जनताको मनमा यस्ता सहकारीहरू कतिखेर बेपत्ता हुने हुन् मात्रै परेको छ । त्यसैले, उनीहरूले बचत गर्न छोडे बरु बचत गरेको रकम भटाभट निकाल्न थाले । बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा सहकारीमा पैसा निकाल्न आउनेहरुको पनि बढेको देखिन्छ ।   


सहकारीका कर्मचारीहरु सञ्चालक समितिका अध्यक्षलाई भेट्नुस् भनेर पन्छिछन् तर अध्यक्ष आफै पनि लुकीछिपी हिँडिरहेका छन् । सहकारीमा पटक पटक जाँदा पनि अध्यक्ष नभेटिएको र रित्तो हात फर्किनुपरेको बचतकर्ताहरू बताउँछन् ।   

सर्वसाधारणहरू पहिलेभन्दा अहिले धेरै चेतनशील भइसकेका छन् । सहकारीहरूले विश्वसनीयता कायम राख्न नसक्दा तिनीहरू डुब्ने अवस्थामा आइसकेका छन् । कतिपय सहकारीहरूले जनताको घर खेत खाइदिए । कतिपय बचतकर्ताको खाई नखाई जम्मा गरेको रकम नै लिएर भागे । सहकारीले दैनिक बजारबाट पैसा उठाउँछ । तर, पैसा राख्नेले जम्मा दैनिक दुई प्रतिशत व्याज पाउँछन् ।  

कर्जावालले धितो राखेर महँगो व्याजमा थोरै ऋण पाउँथे । धितोको भ्यालेसन गरेर जम्मा आधा रकम दिन्थे । यता, तीन प्रतिशत सेवा शुल्क, घुस र सेयर त छुट्टै छ । बचतकर्ताले व्याजका लागि महिना दिनसम्म कुर्नुपर्ने हुन्छ । तर, कर्जावालको त दिनगन्तीको हिसाब व्याज लिन्छ । यो त सरासर ठगी होइन र ?

महँगो व्याज तिर्न नसक्दा कतिले आत्महत्या गरे । धितो राखेर पैसा लिदाँँ पनि उनीहरूकै दबाबमा बस्नुपर्ने स्थिति छ । त्यसैगरी, सहकारीका सञ्चालकहरूले सरकार पनि डुबाएका छन् । सरकारले निश्चित क्षेत्रमा यति कर्जा प्रवाह गर्ने भनेतापनि उनीहरूले अटेर गरेका छन् । 

यता, जनतालाई पनि आफ्नो पैसा केमा लगानी गरिएको छ ? आफ्नो पैसाको दुरुपयोग भएका त छैन ? यसको अत्तोपत्तो छैन । तर, सहकारीहरू आफू कसरी छिटो धनी बन्ने रु कसरी बढी नाफा कमाउन सकिन्छ रु यस विषयमा मात्र केन्द्रित बनेको देखिन्छ ।   

पैसा राख्ने मान्छेहरू सामसुम भइसकेका छन् । बजारमा तरलता अभाव देखिएको छ । अहिले नेपालको हालत श्रीलंकाजस्तै हुन्छ भनेर अनुमान लगाइसकेका छन् । अर्थविद्हरूले समेत अर्थतन्त्रमा पहेँलो बत्ती बलिसकेको र बेलैमा सचेत हुन भनिसकेको छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
थप समाचार
आफ्नै बारेमा

मोटरसाइकल दुर्घटनामा परी मकवानपुरमा एकै परिवारका तीनजनाको मृत्यु

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धुवाडीपुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भ...

राजनीति

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँः सांसद राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगा...

राजनीति

एकीकृत समाजवादीले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही म...

समाचार

कोप-२८ मा सम्बोधन होला त नेपालजस्ता देशको माग ?

रमेश लम्साल, काठमाडौँ । मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहर...

मिसन २०८४

सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने हो

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी...